दोहा कतारमा विदाई तथा सम्मान कार्यक्रम सम्पन्न

देबराज राई, कतार – नेपाल प्रवासी आदिवासी जनजाती महासंघ दोहा कतारले नेपाली दूतावासका द्धितीय सचिव, कवि एवं नियात्राकार जय बहादुर छाङ्छा राई लाई रात्रि भोजको आयोजना सहित विदाई तथा संम्मान कार्यक्रम सम्मान गर्‍यो। कार्यकम दोहाको हिमालयन रेष्टुरेन्टमा ३० मार्च २०१३ का दिन संम्पन्न गरिएको थियो । महासंघ कतारका कार्यवहाक अध्यक्ष प्रकाश आलेमगरको सभापतित्वमा कार्यक्रम संम्पन्न भएको थियो। 
महासंघ कतारका संस्थापक अध्यक्ष अमृत गरुङ्ग,सल्लाहकार सदस्यहरु दिल किरण खजुम, देव रानामगर, कोष अध्यक्ष महेन्द्र थापामगर लगायत महासंघ कतारका संम्पूर्ण पदाधिकारीहरुको उपस्थिती रहेको थियो। त्यस्तै मातृसंस्याहरुको तर्फवाट तमु समाज कतारका वरिष्ठ उपाध्यक्ष कृष्ण तमु, मगर संघका महासचिव शरण थापामगर, प्रवासी सुनुवार सेवा समाजका अध्यक्ष राम वहादुर सुनुवार, किरात याक्थुङ थुम्लुङका केन्द्रिय सदस्य विजय लक्सम लिम्बु, नेवा पुःचका अध्यक्ष राधेश्याम मर्हजन, किरात राई यायेक्खा शाखा कतारका प्रमुख सल्लहकार चन्द्रसेर राई, नेपाल प्रवासी तामाङ्ग समाजका अध्यक्ष शंखलाल तामाङ्, नेपाल प्रवासी भूजेल सेवा समाजका संरक्षक नारायण भूजेल लगायत नवोदित मोवाईल पुस्तकालयमा अध्यक्ष रेगिस्थानी कवि तिर्थ संगम राई, बाग्लुङ् सेवा समाजका अध्यक्ष मदन श्रीस मगर साथै अन्तराष्ट्रिय कलाकार मंचका अध्यक्ष डिएन मगर लगायत पत्रकार, समाजसेवी, वुद्धिजीवीहरुको उपस्थिती रहेको थियो। मातृसंस्थाहरुको तर्फवाट नेःवा पुचका अध्यक्ष राधेश्याम मर्हजन, सल्लाहाकार सदस्यहरु देव रानामगर, दिल किरण खजुम एवं संस्थापक अध्यक्ष अमृत गरुङ्ग लगायतले द्धितीय सचिव राई लाई विदाईका शुभकामना सहित आफ्ना विचार राख्नु भएको थियो।उपस्थित सदस्यहरुले द्धितीय सचिव राईले नेपाली दुतवास दोहा कतारमा रहेर सारा नेपालीहरुको हितमा गरेका कामहरुको चर्चा गदै उहाको आगामी दिनहरु को सफलता, सु–स्वास्थ्यको कामना व्यप्त गरे।
विशेष अतिथी राईद्धारा महासंघ कतार प्रति धन्यवाद व्यप्त गर्दै, नेपालका आदिवासी जनजातीहरुले आफ्ना हक अधिकारका लागी गर्दै गरेका आन्दोलन र मागहरुप्रति सफलताको कामना व्यप्त गनुभयो।साथै नेपाली नियोगमा द्धितीय सचिव रहेर गरेका कर्यहरु एवं आफ्ना जिवनकालका अनुभवहरु पनि साट्नु भएको थियो। महासंघ कतारका कार्यवहाक अध्यक्ष प्रकाश आलेमगरद्धारा विशेष अतिथी राईलाई सम्मान पत्र प्रदान गरिएको थियो।संस्थापक अध्यक्ष, सल्लहकार सदस्यहरु, मातृसंस्थाका प्रमुखहरु, प्रतिनिधीहरु लगायत उपस्थित सदस्यहरुले खादा ओढाएर सम्मान प्रदान गरिएको थियो।किरातहरुको सर्वमान्य सम्मान सेतो पगरी संयुत्त रुपमा सुनुवार सेवा समाज, किराया शाखा कतार एवं कियाचु कतारले टाउकामा वाधि सम्मान प्रदान गरिएको थियो । सभापति प्रकाश आलेमगरद्धारा संम्पूर्ण उपस्थित सदस्य प्रति धन्यवाद व्यप्त गर्दै विशेष अतिथी राईलाई शुभकामना सहित उहाँको आगामी दिन सुखद सफल र सु-स्वास्थ्यको कामना सहित कार्यक्रम समापन गरेका थिए। महासचिव देवराज राईले कार्यक्रम संचालन गरेका थिए।

अमेरीकामा एक नेपालीको हातमा राष्ट्रिय एवार्ड

नातिबाबु भट्ट, कोलोराडो, अमेरीका – नयाँ टेक्नोलोजी आविष्कार गरी व्यापार व्यवसायमा अमुल्य योगदान पुर्याए बापत अमेरिकामा एक नेपालीले राष्ट्रिय एवार्ड हातपार्न सफल भएका छन् ।

अथक परिश्रमबाट नेटवर्क सेक्यूरिटी सिष्टमको बिकास गरी त्यसको सफल परिक्षण पछि ‘आउट स्ट्न्डिक इप्लिमेन्ट टेक्नोलोजी’ एवार्ड नाम गरिएको उक्त एवार्ड कोलोराडो निवासी बासु भवानी दाहालले हात पार्न सफल भएका हुन ।

नयाँ प्रविधीले ग्रोसरी स्टोरहरुमा ग्राहाकले प्रयोग गर्ने कार्डको जानाकारी चुहावट रोकी चोरी नियन्त्रणमा गर्न, प्रयोग समय कम भई स्टोरहरुमा ग्रहाकको लाईन घटाउन समेत ठुलो सहयोग पुर्याएको बताईन्छ । यतीमात्र होईन नयाँ सिष्टम सुरु गरेपछी स्टोरहरुमा पर्ने धेरै समस्याहरु घटेको, समस्या परी हालेपनि समाधान गर्न धेरै सजिलो भएको बासुको दावी छ ।

अमेरीका स्थित एक राष्ट्रिय म्यागजिन सि एस न्यूजलेले बर्ष भरिको सर्भेक्षणबाट दाहालको प्रविधी उत्कृष्ट ठहर्याई उनलाई एवार्ड दिने निर्णय गरेको हो । अमेरीका भर लाखौंको संख्यामा रहेका 7-11, भलेरो, ब्रिटिस प्रेटोलीयम, कोनोको, भिसाकार्ड, भेरी फोन, माष्टरकार्ड जस्ता कम्पनीले प्रयोग गर्दै आएको प्रविधी भन्दा बासु दाहालले आविष्कार गरेको प्रविधी सुरक्षित र भरपर्दो भएको कारण उनलाई यो सम्मान प्रदान गरिएको सि एस न्यूजले जनाएको छ ।

सम्मान समारोहमा बासुले अमेरीका भरबाट आएका विभिन्न कम्पनीका प्रतिनिधीका अगाडी आफुले आविष्कार गरेको प्रविधी प्रस्तुत गर्दा सबै सहभागीहरुको समर्थनको ताली पाउनुको साथै सयौं अमेरीकी कम्पनीका प्रमुखहरुबाट स्याबासी पाएका थिए ।

एवार्ड प्राप्त गर्दाको क्षण सम्झदै बासु भन्छन्, “विशेष तरिकाबाट सिंगारिएको विशाल हलमा सयौं अमेरीकीहरुको अगाडी सम्मानित हुँदा शिर सगरमाथा जस्तो ठाडो र छाती समथर मैदान झैं फुकेको भान भएको थियो ।” तत्कालिन अवस्थामा आफु सपना हो वा विपना हो भनेर पटक पटक झस्केको उनी बताउछन् । सम्मान पछि धेरैले बधाई दिदै तिमी भारतिय हौ भनी सेधेका थिए । त्यस अवसरमा आफुले गर्वको साथ नेपालको नाम लिएको र नेपाललाई विश्वको सामु चिनाउने ठुलो अवशर पाएकोमा दाहाल गर्व गर्दछन् ।

सम्मान समारोहमा दाहाललाई सि एस न्यूजका इडिटरिङ्ग चिफ डन लम्बोले एवार्ड हस्तान्तरण गर्दै सम्मान गरेका थिए । सि एस न्यूजको एघारौं कन्फ्रेन्समा उनलाई सम्मान गरिएको हो । सि एस न्यूजले विगत एघार वर्ष देखी अमेरीका भर रहेका साना स्टोरमा स्योक्यूरिटी सिष्टममा प्रयोग गरिएका नयाँ प्रविधीहरुको मुल्याङ्कन गरी उत्कृष्ट ठहरिएको प्रविधीलाई एवार्ड प्रदान गर्दै आएको छ ।

के एण्ड जि कोनोको कम्पनीमा ईन्फरमेसन टेक्नोलोजी डेरेक्टरको रुपमा कार्यरत बासुलाई सुरुमा आफु आबद्ध कम्पनी सानो भएको कारण आफुले आविश्कार गरेको प्रविधीको के मुल्याङ्कन होला र जस्तो भान भएको थियो । नोमीनेसनमा मात्र आफ्नो नाम पर्दा उनले त्यसैलाई गर्व ठानेका थिए । अहिले आफुले आविष्कार गरेको सिष्टमको उच्च मुल्याङ्कन गर्दै लाखौं सञ्जाल भएका कम्पनीका अगाडी आफु सम्मानित हुनपाउदा त्यो खुसी व्यक्त गर्ने शब्द नै नभएको बासुको भनाई रहेको छ ।

चितवनको भण्डारामा जन्मेका बासु अध्यानको शिलशिलामा सन् १९९७ मा अमेरीका पसेका थिए । जन्मभूमी बसेर त्यती ठुलो प्रगती केही गर्न नसके पनि कर्मभुमीबाट विश्वको अगाडी गर्वका साथ मातृभूमीको नाम लिन पाउँदा ज्यादै खुसी लागेको उनले बताएका छन् ।

क्यालिफार्नियामा न्यान्सको पिक्निक विभिन्न मनोरंजनका साथ सम्पन्न

ध्रुव थापा, क्यालिफार्निया – अप्रिल २१ , २०१२  उत्तरी क्यालिफार्नियाको नेपालीहरुको साझा चौतारिको रुपमा चिरपरिचित संस्था नेपाल एसोसिएसन अफ नर्दन क्यालिफोर्नियाको आयोजनामा विविध कार्यक्रमका साथ पिकनीक सन् फ्रान्सिस्को स्थित गोल्डेन गेट पार्कमा विभिन्न मनोरन्जनात्मक खेलहरुका साथ भलिबल खेलर र दोहोरी गाएर बडो हर्षका साथ सम्पन्न भएको छ।

यस क्षेत्रमा रहेका सम्पुर्ण संघ संस्थाहरुका पदाधिकारीहरु देखि सर्बसाधारणको उल्लेखनिय उपश्थिति रहेको यस बनभोज कार्यक्रमको संयोजक चन्द्र शेरचनले गरेका थिए भने न्यांसका सम्पूर्ण पधाधिकारी तथा स्वयम्सेवकको सकृयतामा स्वादिस्ट नेपाली भोजन तथा कुखराको बार बे क्यु ले सबैलाई आकर्षित पारेको थियो । नया बर्षको शुभकामना तथा आपसी परिचय तथा सदभावना विकास गर्ने उदेश्यले यस बनभोजको आयोजना गरेको जानकारी संस्थाका महा सचिव शुरेन्द्र मल्लले  दिएका थिए ।

विभिन्न मानोरन्जनात्मक कार्यक्रमा विविध प्रतियोगोतिताहरु, साना नानीहरु देखी भद्र महिलाहरुको समेत आयोजना गरिएको थियो भने न्यासका अध्यक्षहरुको NANC Presidents team र बे एरियाका संघ सस्थाका अध्यक्षहरु र  प्रतिनिधिहरुबीच एक मनोरन्जनात्मक भलिबल खेल को समेत आयोजना गरिएको थियो जसमा न्यान्स कै टिमले विजय हासिल गरेका थिए । त्यस बाहेक अन्य संघ संस्थाको बिचमा भएको खेलमा तमु समाज बिजयी बनेका थिए भने अन्य विभिन्न रोचक खेल तथा मनोजन्म उपस्थित धेरैले बडो चाख लिएर मनोरन्जन लिएको भान हुन्थ्यो ।

आजको यस पिकनिक कार्यक्रममा नया वर्षको शुभ सन्देशको आदान प्रदानका साथ दिन भरिनै मनमोहक मौसमका कारणले उपस्थित लगभग ६ सयको  हाराहरिमा विभिन्न क्षेत्र र संस्थाका तर्फबाट आएका सहभागिहरुले भरपुर मनोरन्जन लिएका थिए । हरेक बर्ष न्यान्सको पिकनिकमा पटलकको रुपमा ल्याएका विभिन्न नेपाली परिकारहरुकासाथमा आयोजकको तर्फबाट तयार पारिएको चिकेन बारबेक्युले सबैलाई आर्कषित पाथ्र्यो भने गत बर्ष देखि  न्यान्सका  पदाधिकारीहरुले कसैलाई पनि पटलक ल्याउन आहवान नगरेको जानकारी सस्थाका अध्यक्ष घन प्रसाद दवाडीले जनाएका थिए । सबै खाना र चिकेन बारबेक्यु समेत संस्थाकै तर्फबाट तयार पारिएको थियो, तर नेपालीको मनै ठुलो उपस्थित धेरैले सहयोग स्वरुप चन्दा भने प्रदान गरेका थिए साथै ब्यक्तिगत तथा संस्थागत रुपमा पनी आर्थिक सहयोग प्राप्त भएको जानकारी संयोजक शेरचनले जानाएका छन् , साथै स्थानीय व्यवसायीहरुले समेत आर्थिक तथा विभिन्न खेलको प्रयोजन तथा गिफ्ट सर्टिफिकेट प्रदान गरेका थिए  ।

त्यसैगरि खेलहरुको आयोजनामा सुरेन्द्र मल्ल श्रीजना उप्रति संगीता शर्मा, रबि अधिकारि, अशोक गौतम,  हरि कार्की निकै सकृय  देखिन्थे भने अन्य व्यवस्थापनमा अध्यक्ष दवाडी लगायत आयोजक मध्येका प्रेम लामा,  रामबाबु आचार्य, दावा तामांग, सुरज गुरुङ, लगायत सम्पूर्ण पधाधिकारी तथ  यस क्षेत्रका  धेरै समाज सेवीहरु जो जहिलेपनि यहाँका कार्यक्रमहरुमा सकृय देखिन्थे वहाहरुपनि निक्कै सहयोगीको भावले कार्यक्रमलाई सफल बनाउन तल्लिन देखिन्थे ।

 जे होस दिनभरकै माहोल बडो रमाइलोका साथ वितिरहेका थियो जस्मा केहि युवाहरु बारबेक्युमा व्यस्त थिए भने कोहि आफनै साथीभाई हरुको गफमा मग्न थिए । त्यसैले समग्र रुपमा भन्ने हो भने यो कार्यक्रम भव्य रुपमा सफल भएको थियो । विहान करिब १० बजे देखिनै पार्कमा रौनकता छाएको थियो भने साँझ भई सक्दा पनि धैरे आफनै तालमा र डिजे लाक्पाको तालमा  नाच्न, गाउन, खेल्न र रमाउनमा व्यस्त थिए । यस कार्यक्रमलाई भव्यताका साथ सम्पन्न गर्न सहयोग गर्ने सबैलाई र ग्रेटर बे एरियाका नेपाली समाज र संघ संस्थालाई आयोजकको तर्फ बाट संस्थाका अध्यक्ष घन प्रसाद दवाडीले बिसेष धन्यबाद ज्ञापन गर्दै यस बर्षको बनभोज कार्यक्रम सम्पन्न गरिएको थियो ।

दशौ नेपाल अध्ययन दिवस सम्पन्न

कृष्ण अधिकारी, बेलायत - बेलायत नेपाल प्रज्ञा परिषद (बिएनयसी) को दशौ नेपाल अध्ययन दिवस (नेपाल स्टडी डे) यस बर्ष सेन्टर फर नेपाल स्टडिज युके (सियनयस युके) को  आयोजना र डा. कृष्ण अधिकारीको संयोजनमा अप्रिल १९ र २० गते संचालन भई सम्पन्न  भएको छ । लगातार २ दिनसम्म नेपाल र नेपाली सम्बन्धी छानिएका गुणस्तरीय शोधपत्र मध्ये ३० वटा कार्यपत्रको रुपमा र ५ वटा भित्ते पोस्टरको रुपमा प्रस्तुत गरि गहन छलफल भएको थियो।

 बिएनयसीका अध्यक्ष प्राध्यापक माईकल हटले उद्घाटित र संयोजक डा. अधिकारीले स्वागत एवं कार्यक्रमको परिचय र स्वरुपको ब्याख्या गरे पछी कार्यक्रम ७ सेसनमा संचालन भएको थियो। उक्त कार्यक्रमको सेसनहरुको अध्यक्षता अक्सफोर्ड बिश्वबिध्यालयका  प्रा डेविड गेल्नर, द्रहम बिश्वबिध्यालयका डा. बेन क्याम्बेल, अक्सफोर्ड बिश्वबिद्यालयकी डा सोन्द्रा हौस्नर, सोआस लन्डनका प्रा माइकल हट, युसीएल लन्डनका प्रा एन्थोनी कोस्तेलो, सियनयस युकेका डा. कृष्ण अधिकारी र सोहि संस्थाका डा. चन्द्र लक्सम्बाले गर्नु भएको थियो।

बेलायत भरि छरियर रहेका नेपाली र गैरनेपालीहरुको लगभग आधा आधा संख्यामा सहभागिता रहेको उक्त कार्यक्रममा ४५ जनाले शोधपत्र प्रस्तुत गर्ने इच्छा देखाएको पनि संयोजक डा अधिकारीले बताउनु भयो। उक्त कार्यक्रममा ६८ जना अनुसन्धानकर्ता, पोस्ट ग्राजुएट वा पिएचडीका बिद्यार्थी, बिश्वबिद्यालयका  प्राध्यापकहरु र अन्य  नेपालविदहरुले नाम दर्ता गरि २ दिनसम्म सहभागी भएका थिए। कार्यक्रममा एबरडिन बिश्वबिद्यालय, बोर्नमाउथ बिश्वबिद्यालय, वेल्स बिश्वबिद्यालय लगायत युकेभरि विभिन्न ठाउँ र स्विजरल्याण्ड एवं नर्वेसम्मका प्रज्ञाहरुले कार्यपत्र पेश गरेका थिए। हरेक बर्ष बहुविधाका अध्ययनहरुलाई  प्रस्तुत गर्ने मंचकोरुपमा बिकाश हुदै आएको नेपाल अध्ययन दिवस यसपाली अझै प्रभावकारी र सुसंगठित रुपमा संचालन भएको सहभागीहरुले प्रतिक्रिया दिए। गतबर्ष क्याम्ब्रिज लगायत हालसम्म नौवटा बिश्वबिद्यालय परिसरमा सम्पन्न नेपाल अध्ययन दिवस यसपाली भने बिश्वबिद्यालय बाहिर नेपाली कृष्ण भट्टद्वारा संचालित कुविन्सल्याण्ड कलेज रेडिंगको सभा हलमा आयोजना गरिएको थियो।
नेपाल सम्बन्धि यस्ता बृहद प्राज्ञिक र सोधमुलक कार्यक्रम हुदा पनि स्थानीय नेपाली समुदाय बेखबर रहने परिप्रेक्ष्यलाई उल्लेख गर्दै संयोजक डा अधिकारी भन्छन, “यसपाली बिश्वबिध्यालय बाहिर कार्यक्रम संचालन गरि समुदायको पहुच सरल मात्र बनाईएन, उनीहरुको सहभागिता वृद्धिको लागि बिशेष नाराका साथ कार्यक्रम नै ल्याईयो।” “प्राज्ञिक समुदाय र स्थानीय नेपाली समुदाय एकैसाथ” भन्ने नाराका साथ गैर आवासीय नेपाली संगठन बेलायत (एनआरएन युके), बृहतर रेडिंग नेपाली सामुदायिक संगठन (रेडिंग नेपाली समाज) र क्विन्सल्याण्ड कलेज रेडिंगले कार्यक्रम आयोजनामा हातेमालो गरेका थिए।
रेडिंग समाज र एनआरएनले सहभागीको सम्मानार्थ जलपान साझको आयोजना गरेको र स्थानीय गोर्खा स्क्वाएर तन्दुरी रेस्टुरेन्टले बिशेष दरमा खानको बन्दोबस्त गरको थियो। जलपान साझमा एनआरएनका अध्यक्ष कुल आचार्य र रेडिंग समाजका अध्यक्ष महेश गुरुङले पाहुनाको स्वागत गर्दै यस्ता अनुसन्धानहरु नेपाली समुदायको हित र आफनो दोहोरो नागरिकताको अभियानलाई सहयोग हुन सक्ने बताए । दुईदिने कार्यक्रमको अन्तमा प्रवेश सुबेदीको ३० मिनेटको धौलागिरीको रहस्य नामक लघु फिल्म पनि प्रदर्शन गरिएको थियो। आयोजकले कार्यपत्र प्रस्तुत गर्ने बिद्यार्थीहरुलाई आवत जावत र नाम दर्ताको लागि बिशेष छात्रवृतिको व्यवस्था मिलाएको थियो।

न्यूयोर्कमा टिएसए को छैटौ अधिवेशन सम्पन्न, रुम्बाको अध्यक्षतामा ११ सदस्यीय कार्य समितिको गठन

प्रशान एलुंग राई, न्यूयोर्क - सन् २००२ को मार्च महिनामा स्थापित तामांग सोसाइटी अफ अमेरिका (टिएसए) को छैटौ अधिवेशन आज न्यूयोर्कमा सम्पन्न भयो । अधिबेसनसंगै साङ्गे लामा ‘रुम्बा’ को अध्यक्षतामा आगामी दुइ बर्षको लागि ११ सदस्यीय नयाँ कार्यसमितिको समेत गठन भएको छ । नयाँ कार्यसमिति सर्बसम्मतीबाट गठन भएको हो । नवगठित कार्यसमितिले पदभारसंगै सपथ ग्रहण र आजैबाट आफ्नो कार्यभार सम्हालेका छन ।

नवगठित कार्य समितिमा निम्नानुसारका पदाधिकारीहरु रहेका छन :-
अध्यक्ष : साङ्गे लामा (रुम्बा)-काठमाडौँ 
उपाध्यक्ष : फुर्बा तामांग (घिसिंग) – रामेछाप 
महासचिव : बुद्दीमान तामांग -नुवाकोट 
सचिव : अमर तामांग – कास्की 
कोषाध्यक्ष : निमा पाख्रिन -सोलुखुम्बु 
सह-कोषाध्यक्ष : विजय तामांग (थिंग)-काठमाडौँ 
सदस्यहरु:
लुइसांग लामा -मोरंग 
सुनिता लामा -नुवाकोट 
राधिका तामांग -सिक्किम/काठमाडौँ 
धन बहादुर तामांग -सोलुखुम्बु 
विजय तामांग : धादिंग 
बाँकी दुइ सदस्यलाई नवगठित कार्य समितिको पहिलो बैठकले मनोनयनद्वारा पद पूर्ति गरिनेछ ।
न्यूयोर्कको कुईन्स, ज्याक्सन हाईटस्थित शेर्पा सांस्कृतिक केन्द्र ( शेर्पा किदुगको भवनको सभा कक्ष) मा सम्पन्न उक्त अधिवेसनमा अघिल्लो कार्यसमितिको आर्थिक एवम संस्थाको प्रगति विवरण सम्बन्धित पधाधिकारीहरुले प्रस्तुत गरेका थिए । नवगठित कार्यसमितिको गठनको लागि संस्थाका सल्लाहाकार बंशलाल तामांगको संयोजकत्वमा राम तामांग, सुर्य लामा, केशव ग्लान र  बिनोद घिसिंगको ५ सदस्यीय निर्वाचन समितिको गठन गरिएको थियो । कार्यक्रममा नवगठित कार्यसमितिका सबै पदाधिकारीहरुलाई निर्वाचन समितिका संयोजक बंशलाल तामांगले पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए ।

सोसाइटिको पदभार ग्रहणसंगै नवगठित समितिका अध्यक्ष साङ्गे लामा ‘रुम्बा’ ले संस्थाको बर्तमान एवं दिर्घकालिन कार्यनीतिको बारेमा आफ्नो मन्तव राखेका थिए । यसैगरि नवनिर्वाचित महासचिव बुद्दीमान तामांग र उपाध्यक्ष फुर्बा तामांगले संस्थाले अघिल्लो कार्यसमितिले गरेको कार्यहरुको सरहना गर्दै आगामी दिनमा सोसाइटीमा आवद्द सदस्यहरुको सहयोगमा संस्थालाई अझ गति दिने प्रतिबद्दता जाहेर गरे ।  कार्यक्रममा नवगठित कार्यसमितिका सबै पदाधिकारीहरुलाई बधाईसंगै संस्थाका सल्लाहकार, विघटित कमिटिका पधाधिकारी एवम अन्य सहभागीहरुले  परम्परागत रुपमा खादा ओढाई सम्मान गरेका थिए ।
सोहि कार्यक्रममा विघटित कार्य समितिका निवर्तमान महासचिव लक्यान  लामा,  निवर्तमान अध्यक्ष भरत राज लामा,  सल्लाहकार राम तामांग, एनआरएन इजरायलका भूतपूर्व महासचिव बाबुराम लामा, सल्लाहकार इन्द्र बहादुर तामांग, सल्लाहकार केशव ग्लान, सल्लाहकार बंशलाल मोक्तान, टिएसए यूथ ग्रुपका प्रविन लामा, सोसाइटिकाका बरिस्ठ सदस्य भोजराज थोकरले नवगठित कार्यसमितिका सदस्यहरुलाई बधाई तथा शुभकामना मन्तव्य राखेका थिए ।
छैटौ अधिवेसनमा विघटित सदस्यहरुको पद एवं नामावली यसप्रकार रहेको छ :-
अध्यक्ष : भरतराज लामा
उपाध्यक्ष : साङ्गे लामा (रुम्बा)
महासचिव : लक्यान लामा
सचिव : माया लामा
कोषाध्यक्ष : रिन्जी तामांग
सह-कोषाध्यक्ष : बिनोद घिसिंग
सदस्यहरु : सपना लामा (वाइवा)
फुर्बा तामांग (घिसिंग)
लालमन तामांग
कमला लोप्चन
कर्मा लामा
प्रकाश तामांग
प्रविन लामा
कार्यक्रममा नवनिर्वाचित अध्यक्ष साङ्गे लामा ‘रुम्बा’ ले प्रस्तुत गरेको संस्थाको आगामी कार्यक्रमको बुँदाहरु यस प्रकार छन :
1.SHORT TERM PROJECT
a) Training on Organization procedures for executive board
b) Language Training-English/Nepali/Tamang
c) Nanny/House Keeping Training
d) CPR Training
e) Immigration Consultation Program
f) Medicaid/ Health Insurance Consultation Program
g) Employment Consultation Program
h) North American Tamang Conference
i) Culture & Religion Awareness Campaign
j) Continuation of Encourage your Kids Program
2. LONG TERM PROJECT
a) Development of women’s wings in TSA
b) Empowerment of Youth wing in TSA
c) Emergency Community Relief Fund (Social Security fund)
d) Education Fund (Scholarship fund for  Tamangs in Nepal)
e)Infrastructure Development Fund (TSA Building in New York)
i) Encouraging for life-long memberships
ii) Encouraging  Membership for board of trustees
f) Expansion of TSA state chapters in the United States 

नेपाली जनप्रगतिशील मञ्च कतारको सनैया भेगको प्रशिक्षण सम्पन्न

गणेश बानिया, दोहा - नेपाली जनप्रगतिशील मञ्च कतारले यही शुक्रवार सनैया स्थित न्यु माउन्टेन रेस्टुरेन्टको सभाहलमा एक बृहत प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । केन्द्रिय सचिवालय सदस्य गणेश भण्डारीको सञ्चालन तथा सनैया भेगीय इन्चार्ज मान बहादुर पुनको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि सल्लाहकार संयोजक होमनाथ शर्मा रहेका थिए भने अन्य अतिथिहरुमा सल्लाहकार रकमध्वज राई, केन्द्रिय सह कोषाध्यक्ष वावुराम गैरे, मधेस बिभाग प्रमुख जिवछ महतो तथा यातायात बिभागका सचिव राजन रिमाल रहेका थिए ।
 देश र जनताका निम्ति प्राणोत्सर्ग गर्नु हुने महान् शहिदहरुको सम्झनामा एक मिनेट मौनधारण वाट सुरु भएको उक्त कार्यक्रमलाई केन्द्रिय सदस्य दिल भट्टराईले स्वागत मन्तव्य मार्फत स्वागत गरेका थिए भने ध्रुव रानाभाटले मीठो स्वागत गीत मार्फत सम्पूर्ण उपस्थित महानुभावहरुलाई स्वागत गर्नु भएको थियो । प्रमुख अतिथिको आशनवाट बोल्दै सल्लाहकार संयोजक होमनाथ शर्माले जनयुद्धको उपलव्धीलाई संस्थागत गर्दै जनमुखी संबिधान निर्माणका निम्ति एनेकपा माओवादी पार्टी कसैसंग सम्झौता नगरी एक ढिक्का भएर अगाडी बढोस् र यसका लागि प्रवासवाट दवाव दिनु पर्ने बताउनु भयो । 
एनेकपा माओवादी  नव एमाले बन्ने हो कि  ? भन्ने चिन्ता आम जनसमुदायमा रहेको र जनयुद्धमा जनता संग गरिएको वाचाहरु पूरा गर्न शहिदहरुले बगाएको रगत, घाइते तथा बेपत्ता पारिएका हजारौं योद्धाहरुको सपना साकार पार्न अन्तिम सम्म लडिरहनुको अर्को बिकल्प नभएको बताउनु भयो । बैदेशिक रोजगारीका क्षेत्रमा भएका ठगी दलालीका बिरुद्धमा संगठनले चाल्नु पर्ने भुमिका प्रभावकारी बनाउनु पर्ने बताउदै ठग दलालहरु संग एक ढिक्का भएर मुकाबिला गर्न अनुरोध गर्नु भयो । अन्य अतिथिहरुले बिश्व कम्युनिष्ट आन्दोलन, नेपाली जनयुद्ध र नेपाली जनप्रगतिशील मञ्चको भुमिकाका वारेमा आ– आफ्नो मन्तव्य राख्नु भएको थियो ।
उक्त कार्यक्रममा नेपाली जनप्रगतिशील मञ्चको युवा तथा स्वयंसेवक बिभाग प्रमुख मान बहादुर पुनद्धारा लाल भट्टको संयोजकत्वमा २८ सदस्यीय युवा तथा स्वयंसेवक बिभाग तथा आर पि थुलुङ्गको संयोजकत्वमा ११ सदस्यीय नेपाली जनप्रगतिशील मञ्च आदिवासी जनजाति बिभागको घोषणा समेत गर्नुभयो । खेलकुद संयोजकमा दिल भट्टराईलाई संयोजकमा चयन समेत गरिएको छ । 

जर्मनीको हाम्बर्ग शहरमा रेजिना उप्रेती र प्रदिप बम्जनको दमदार प्रस्तुति

सुरेन्द्र प्रधान जर्मनी : नयाँ बर्ष २०६९साल अबसरमा गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद जर्मनीको आयोजनामा नायिका रेजिना उप्रेती र गायककार प्रदिप बम्जनको विशेष प्रस्तुत हुने भएको छ ।

 उक्त प्रस्तुतीमा उप्रेती र बम्जनले जर्मनमा रहेका नेपालीका लागि भरपुर मनोरञ्जन दिने छन् ।

अप्रिल २२ तारिक २०१२का दिन  बेलुका २२:००बजे Delphi Showpalast, eimsbütteler Chaussee5,20359 Hamburg  शहरमा  जर्मनीमा रहने सम्पुर्ण नेपालीहरूको बीचमा आपसी सम्बन्ध, सदभाव, सहयोग र सम्पर्क बढाउने हेतुले गैर आवासीय नेपाली संघ जर्मनीको पहिलो बैठकको निर्णय अनुसार यस्तो कार्यक्रमको आयोजना हुने भएका हो ।

 बिभिन्न शहरमा काम गरि रहेका सबै स्थानीय तह देखी राष्ट्रिय र अन्तर राष्ट्रिय तह सम्म रहेका नेपाली सामाजिक संघ संस्था राजनितिक पार्टीहरूका भातृसंगठनहरूसँग एक अर्कामा समन्वय गरि भावी दिनहरुमा कुनै पनि कार्यक्रम योजनाबद्ध तरिकाले अगाडी बढन हाम्रो  सहमती र सहकार्य अपरिहार्य भएकोले एन आर एन ए जर्मनीले  शहरमा बृहत रुपमा बिभिन्न कार्यक्रमका साथ हाम्बर्गमा काम गरी रहेका सबै सामाजिक संघ सस्था सित सहकार्य गरी नयाँ बर्ष२०६९  भब्यताका साथ मनाउनको लागि नेपालबाट समेत नेपाली चलचित्रमा खेतीप्राप्त नायिका रेजिना उप्रेतीका साथमा बरिष्ठ संगीतकार तथा गायक प्रदिप बम्जन शुमधुर प्रस्तुतिका हुनेछ ।

उप्रती र बम्बजनका साथमा अन्तर राष्ट्रिय कलाकार मन्चका कलाकार हरूको संगम प्रस्तुतिका साथ भर्खरै युरो एकल निर्त्यबाट पुरस्कृत कलाकारहरूको आकर्षक नृत्य प्रदर्शन र जर्मनीको बिभिन्न ठाउँमा रहेका नेपाली प्रतिभा साली कलाकारहरूको कलाकारिताको प्रतियोगिता समेत गरिने यस कार्यक्रमका आयोजकको योजना छ।

बिशिष्ट पाहुनाहरूको समेत उपस्थिती रहेने छ भने जर्मानीको बिभिन्न ठाउमा छरिएर रहेका नेपाली दाजु भाई र दिदिबहिनीहरूको धेरै उपस्थिती रहने अनुमान गरिएको छ। फ्रान्कफोर्ट , बर्लिन एन आर, डब्लु, ब्रेमन र म्युनिक यी सबै ठाउँहरू प्रतियोगितामा भागलिने सहभागीहरू आउने छन ।

विश्व साइकल यात्री फुर्तेम्बा शेर्पा मलावीका लागि प्रस्थान

मुना भण्डारी, तान्जानिया : विश्व शान्ति तथा वातावरण संरक्षणको सन्देश लिएर विश्व साइकल यात्राको क्रममा अफ्रिकी मुलुक तान्जानिया पुगेका नेपाली साइकल यात्री फुर्तेम्बा शेर्पा तान्जानियाको भ्रमण पुरा गरि आज मलावीका लागि प्रस्थान गरेका छन् ।
मलावी शेर्पाले पाइला टेक्ने ८२ औं राष्ट्र हुनेछ । यस अघि गत शनिवार दार–ए–सलाममा रहेका नेपाली नागरिकहरुले शेर्पाको विदाई कार्यक्रमको आयोजना गरेका थिए । अरुण राज जोशीको नेतृत्वमा रहेको नेपालीहरुको समुहले शेर्पाको आगामी मलावी यात्राको लागि शुभकामना व्यक्त  थिए ।
विदाई कार्यक्रममा दार–ए–सलाममा रहेका नेपालीहरुको तर्फबाट प्राप्त आर्थिक सहयोग ७ वर्षिय आयुषी रिजालले शेर्पालाई हस्तान्तरण गरेकी थिइन् । सोही अवसरमा नेपालमा रहेका अपाङ्गहरुलाई ह्वील चेयर (wheelchair) वितरणको लागि सहयोगार्थ २५० अमेरिकी डलर समेत साइकल यात्री शेर्पालाई हस्तान्तरण गरियो ।